नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले तोक्यो सदस्यको वरीयता , कसको स्थान कति ? (सूचीसहित)
नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको निर्वाचनबाट गठित कार्यसमिति सदस्यहरूको वरीयता तोकेको छ ।
वरीतयामा सभापति शेरबहादुर देउवादेखि सदस्यसम्मका १३४ जना तथा पराजित डा. शेखर कोइरालासमेत गरी १३५ जना छन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा पराजित भएर पनि दोस्रो मत ल्याउने स्वतः केन्द्रीय सदस्य हुने प्रावधान छ । सोही बमोजिम शेखरलाई सदस्यमा राखिएको छ । यद्यपि, उनी २० औं वरीयतामा मात्र छन् ।
शेखरभन्दा अगाडि १३ जना पदाधिकारी र ६ केन्द्रीय सदस्य छन् ।
यस्तै, उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा रहँदा अर्का उपसभापति धनराज गुरुङले तेस्रो वरीयता पाएका छन् ।
महामन्त्री गगनकुमार थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई उछिन्दै चौथो वरीयता पाएका छन् । शर्मा पाँचौं वरीयतामा छन् ।
कसको स्थान कति ? हेर्नुहोस् वरीयता !
नेपाली कांग्रेस -कार्यसमिति सदस्यहरूको वरीयता