एमाले काठमाडौंको छैठौं जिल्ला अधिवेशन उद्घाटन ओलीले गर्ने
एमाले काठमाडौंको छैठौं जिल्ला अधिवेशन (२३ गते)शुक्रबार हुँदैछ । कागेश्वरी मनोहरा नगरपालिका –६ मा रहेको मुलपानी क्रिकेट मैदानमा जिल्ला अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । जिल्ला अधिवेशनको तयारी पूरा भएको जिल्ला कमिटी सचिव दिपक निरौलाले जानकारी दिए ।
उनका अनुसार उद्घाटन समारोहमा एक लाख बढी सर्वसाधारणलाई सहभागी गराउने अभियान नै रहेको छ । बन्दसत्र भने (२४ गते)शनिवार राष्ट्रिय सभा गृहमा हुने सचिव निरौलाले बताएका छन् । काठमाडौंमा मात्रै एमालेमा २८ हजार पार्टी सदस्य रहेको कुरा जानकारी भएको छ|