माघ २१, २०८२
परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन कुराकानी

परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन कुराकानी

परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन कुराकानी भएको  छ। 

उनीहरूबीच विकास, कोरोनाविरूद्ध समन्वय र दुई देशको सम्बन्धलाई अझ सुधार गर्ने लगायत विभिन्न मुद्दामा छलफल भएको मन्त्रालयले जनाएको छ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा भारतको गुजरात राज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ समिटमा जाने कार्यक्रम थियो। तर भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि कार्यक्रम  तत्काललाई स्थगित गरिएको थियो।