माघ २१, २०८२
नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका तीन वटा जिल्लामा अधिवेशन सम्पन

नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका तीन वटा जिल्लामा अधिवेशन सम्पन

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहका अनुसार डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्दकुमार पुन जिल्ला अध्यक्ष बनेका छन्। दुवै जना सर्वसम्मत भएका हुन्।

डोल्पा, सल्यान र जुम्लामा जिल्ला कार्य समितिको नेतृत्व टुंग्याएर अधिवेशन सकिएको हो।

जुम्लामा जिल्ला कमिटी अध्यक्षमा एक जनाको मात्र उम्मेदवारी परेको छ। शान्तिलाल महतको एकल उम्मेदवारी परेको हो।

‘दुई वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ, जुम्लामा पनि एकजनाको मात्र उम्मेदवारी भएकाले निर्विरोध मानौं,’ प्रदेश अध्यक्ष शाहले भने, ‘अरू जिल्लामा अधिवेशन चलिरहेको छ।’

यो अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका ८ वटा जिल्लामा मात्र जिल्ला अधिवेशन भएको छ। डोल्पा, सल्यान, जुम्ला, सुर्खेत, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिममा मात्र अधिवेशन भएको हो।