पुस ९, २०८१
कर्णाली प्रदेशका चार जिल्लामा नेकपा (एमाले) को  अधिवेशन सम्पन्न

कर्णाली प्रदेशका चार जिल्लामा नेकपा (एमाले) को अधिवेशन सम्पन्न

कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रूकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो।एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रूकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित भएको जानकारी आएको छ |

सुर्खेत, दैलेख र जाजरकोटमा निर्वाचन प्रक्रिया थालिएको छ। कालिकोटमा शनिबारबाट अधिवेशन सुरु भएकाले सहमतिबाट नेतृत्व चयनको प्रयास भएको र प्रदेश अध्यक्ष शाहले बताए। मुगुमा मङ्गलबारदेखि र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ। सुर्खेत र दैलेखमा आज बिहान मतदानको हुने समय तोकिएको हो |

सुर्खेतमा सोमबार १ बजेदेखि मतदानको समय तोकिएको र विविध समस्याको कारणले गर्दा निवार्चन रोकिएको हो |

संशोधित निर्वाचन तालिका अनुसार यहाँ आज बिहान ९ बजे सुर्खेत सभाहलमा मतदान सुरु हुनेछ। सुर्खेतमा अध्यक्षका लागि अमृतकुमार बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अन्य पदाधिकारी र सदस्यमा पनि बिसी र शर्माका अलग–अलग उम्मेदवार छन् । 

बिसी समूहबाट उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली तथा शर्माको समूहबाट उपाध्यक्षमा ऋषि गिरी, सचिवमा रेशम राना, उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी छन्।

त्यस्तै एमाले दैलेखमा अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी प्रतिस्पर्धामा रहेको कुरा जानकारी आएको छ| रासस