श्रावण २२, २०८२
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुदै

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुदै

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

दिउँसो ३ बजे प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक बस्दैछ ।

बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र सभामुखले वाचन गरेर सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

त्यसपछि सांसदहरुले दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिएका छन्।