कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुदै
सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
दिउँसो ३ बजे प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक बस्दैछ ।
बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र सभामुखले वाचन गरेर सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
त्यसपछि सांसदहरुले दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिएका छन्।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२