नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी
नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् । उनले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डण्डीप्रसाद शर्माले २६७ मत प्राप्त गरेका छन् ।एमाले सुर्खेतमा कुल ६६२ प्रतिनिधि रहेकोमा ६४९ जनाले मात्रै मतदान गरेका थिए । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष अमृत बिसी र सचिवालय सदस्य डण्डी शर्मा प्यानलसहित चुनावी मैदानमा थिए ।
यस्तै उपाध्यक्षमा बिसीकै प्यानलका कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भएका छन् । सचिवमा कविन्द्र केसीले ३९० मत प्राप्त गरेर विजयी भएका छन् भने उप सचिवमा घनश्याम पाण्डे विजयी भएका छन् ।