माघ २१, २०८२
नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको  आपत्ति

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति

 कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग पनि गरेको छ ।महामन्त्री  भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।'

'नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनैतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ,'  विज्ञप्तिमा यसरि राखिएको छ  ।