माघ २१, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना पोजेटिभ भएको छ |

आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो।

‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो,’ मन्त्री आलेले सेतोपाटीसँग भने, ‘पिसीआरका लागि स्वाब दिएको छु, बेलुकीसम्म रिपोर्ट आउला।’

आफूलाई ज्वरो पनि आइरहेकोले निवासमा आराम गरिरहेको मन्त्री आलेले जानकारी दिएका हुन् ।मन्त्री आले पछिल्लो समय अनुगमनलगात काममा व्यस्त भएको कारणले नै गर्दा उनलाई कोरोना पोजेटिभ भएको हो | अहिले उनको स्वास्थ्य अवस्था नर्मल नै रहेको छ |