कर्णाली प्रदेशको मन्त्रिपरिषदले लामो समयदेखि पूर्णता पाउन सकेन
मुख्यमन्त्री जीवनबहादुर शाही सरकारलाई पूर्णता दिन गठबन्धनमा अलिकति कुरा नमिलेको बताउँछन् । उनले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनमा अलिकति समस्या भएको बताएका छन ।
मुख्यमन्त्री शाहीले सरकारलाई पूर्ण बनाउन नसक्नुको कारण नै सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र भएकोजस्तो तर्क दिएका थिए । उनले प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टको भनाइबारे पनि प्रतिक्रिया जनाए ।
मुख्यमन्त्री शाहीले आफ्नो सचिवालयलाई नै पूर्णता दिन नसकेको भन्दै आलोचना हुँदै आएको छ । तर मुख्यमन्त्री शाहीले भने प्रदेशको राजश्व बचाउन खोजेको भन्दै सचिवालयले पूर्णता नपाएको विषयलाई पनि सहजै पन्छाएको भन्नु भएको छ |उनले भने, ‘सल्लाहकार नराखेको कुरा राजश्व बचाएको हो, पहिला मन्त्रीमण्डल होस्, त्यसपछि मात्र सचिवालयलाई फुलफिल गर्ने मेरो सोच हो ।’ आफूले राजनीतिक सल्लाहकार लगायत अन्य विज्ञहरुलाई नराखेर प्रदेश सरकारको राजश्व बचाएकोजस्तो लागेको उनको भनाइ छ । उनले बजेट कार्यान्वयनको सन्दर्भमा विगतकोभन्दा तीव्र गतिमा वृद्धि भइरहेको दाबी पनि गरेका छन |