माघ २१, २०८२
 स्थानीय चुनाव बैशाखमा गर्ने सहमती जुट्यो

स्थानीय चुनाव बैशाखमा गर्ने सहमती जुट्यो

आज बालुवाटारमा बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकमा स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ।

आगामी बैशाखमै स्थानीय चुनाव गर्न सत्तारुढ गठबन्धनबीच सहमती जुटेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकमा स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ। संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमत भएको एक नेताले बताए। यसबारे थप छलफल गर्न विहीबार फेरि बैठक बस्ने बताइएको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको निर्वाचन माघ १२ गते हुँदैछ भने कानुनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । बैठकमा दलका नेताहरूले संविधानअनुसार समयमा स्थानीय निर्वाचन गर्ने सहमत भएका हुन्। स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदै छ । सो समयअघि नै स्थानीय तहको निर्वाचन गर्नु पर्ने संवैधानिक व्यवस्था रहेअनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरिसकेको छ ।

तर, दलहरूमा तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने बहस समेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको छ। आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठक अघि समन्वय समितिको बैठक बसेर मिति तोक्न सिफारिस गर्ने र सिफारिस अनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोक्ने तयारी गरेको बताईएको छ ।