माघ २१, २०८२
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ।

सम्बोधनमा कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे जानकारी दिने बुझिएको छ ।

गत २९ असारमा प्रधानमन्त्री भएका देउवाको कार्यकाल यही पुस २९ गते ६ महिना पूरा भएको थियो ।

देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।

आजै अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवटार) मा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ।