माघ २१, २०८२
 आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने

आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने

आइतबार दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको सचिव अधिकारीको भनाइ छ । 

निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।

नेकपा एमालेले भने आगामी जेठ ५ अघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सरकार त्यसलाई टार्ने योजनामा लागेको भन्दै सशंकित हुदै आएको छ ।