पुस ८, २०८१
 भागबन्डा मिलाउनका लागि प्रदेश १ मा  मन्त्रालयको संख्या १२  पुऱ्याइने

भागबन्डा मिलाउनका लागि प्रदेश १ मा मन्त्रालयको संख्या १२ पुऱ्याइने

नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतलाई मन्त्रालय भागबन्डा मिलाउन ५ वटा मन्त्रालय थप गरिन लागेको हो ।‘मन्त्रालय बाँडफाँड कार्यदलले प्रतिवेदन बुझाइसकेको छ, राष्ट्रियसभा निर्वाचन लगत्तै मुख्यमन्त्रीले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर मन्त्रालयको संख्या र मन्त्रालय बाँडफाँट सम्बन्धी औपचारिक निर्णय गरिनेछ,’ मन्त्री आङबोले सञ्चारकर्मीसँग भनेका छन । उनका अनुसार मन्त्रालयको संख्या बढने भएकाले स्वतः मन्त्रालय टुक्राउने र त्यसका नयाँ नामाकरणका बारेमा पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा अनौपचारिक छलफल भने भईसकेको छ । 

 प्रदेश १ मा १२ मन्त्रालय  पुर्‍याउने गरी गृहकार्य भएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले यसअघि नै ११ पु¥याउने जनाईसके पनि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो नेतृत्वको कार्यदलले १२ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ ।’ मन्त्री आङवो नेतृत्वको कार्यदलले १२ मन्त्रालय बनाउन सिफारिश गरे पनि प्रतिवेदन भने अझै सार्वजनिक नगरेकोजानकारी दिएका छन  ।

 यसैगरी मन्त्रीपरिषद् विस्तार हुन नसक्दा मुख्यमन्त्री राईले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय आफैसँग राखिरहेका छन् भने अन्य ५ जनालाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा इन्द्र आङ्गवो, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केदार कार्की, भौतिक पुर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की, सामाजिक विकास मन्त्रालयमा जयराम यादव तथा सोही मन्त्रालयको राज्यमन्त्रीमा बिष्णु तुम्वाहाम्फेलाई मात्रै जिम्मेवारी तोकिदिएको जानकारी आएको हो|
गत १६ कात्तिकमा प्रदेश १ को मुख्यमन्त्रीमामा प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका थिए भने यसैगरी १२ माघमा हुने राष्ट्रियसभा निर्वाचन लगत्तै प्रदेश १ मा मन्त्रीपरिषद् बिस्तार हुने जानकारी आएको हो |