माघ २१, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको  प्रदेश-१ बाहेकका प्रदेशमा राष्ट्रिय सभा चुनावमा मत नहाल्न जनप्रतिनिधिलाई निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश-१ बाहेकका प्रदेशमा राष्ट्रिय सभा चुनावमा मत नहाल्न जनप्रतिनिधिलाई निर्देशन

मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले प्रदेश-१ मा आफ्ना उम्मेदवारलाई मतदान गर्न र अन्य प्रदेशमा आफ्नो पार्टीका उम्मेदवार नभएकाले  मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिएका हुन्|

राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार बिहान ९ बजेदेखि मतदान हुँदैछ भने उक्त निर्वाचनमा  प्रदेश-१ बाहेकका प्रदेशमा राष्ट्रिय सभा चुनावमा मत नहाल्न जनप्रतिनिधिलाई निर्देशन दिएको जानकारी आएको छ |