माघ २१, २०८२
केन्द्रको निर्णयअनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ : मुख्यमन्त्री कुलप्रसाद केसी

केन्द्रको निर्णयअनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ : मुख्यमन्त्री कुलप्रसाद केसी

सञ्चारकर्मीहरूसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश  सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारे । “केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,” उनको  भनाइ छ ।

गलत धारका  विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो । 

नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिए । राष्ट्रियसभा  निर्वाचनका लागि दाङ हुँदै गृहजिल्ला रोल्पा आउनुभएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित  प्रहरी चौकी भवनको समेत उद्घाटन गरेका छन | रासस