माघ २१, २०८२
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल, जेठमै चुनाव गर्ने प्रस्ताव

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल, जेठमै चुनाव गर्ने प्रस्ताव

 प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी जेठ ४ मै निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।

मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवा र आयोगका पदाधिकारीबीच यस्तो छलफल भएको हो ।

यसअघि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने सहमति भए पनि कहिले निर्वाचन गर्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।

तर, कांग्रेस सभापति समेत रहेका देउवाले सोमबार साँझ पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन् ।