माघ २१, २०८२
प्रेम आलेले जस्तै प्रशंसनीय काम गर्न माधव नेपालको निर्देशन

प्रेम आलेले जस्तै प्रशंसनीय काम गर्न माधव नेपालको निर्देशन

 पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको जस्तै राम्रा र प्रशंसनीय काम गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । 

एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले  बुधवार पार्टी कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मन्त्री आलेले गरेको जस्तै जनता र देशको हित हुने काम गर्न आफ्नो दलबाट सरकारमा सहभागी मन्त्री तथा प्रदेश प्रमुखलाई आग्रह गर्नुभयो । सरकारमा आफ्ना पार्टीबाट सहभागी भएका अरू मन्त्रीले पनि आलेको जस्तै प्रशंसा गर्न योग्य काम गरेर देखाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले जनताको समस्या समाधान गर्ने कार्यमा लाग्न मन्त्री तथा नेता, कार्यकर्तालाई निर्देशन दिनुभयाको थियो ।