पुस ९, २०८१
कर्णालीमा मन्त्रिपरिषद्ले पायो पूर्णता

कर्णालीमा मन्त्रिपरिषद्ले पायो पूर्णता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ ।

८ सदस्यीय मन्त्रिपरिषद्ममा आइतबार ५ जना मन्त्री थपिएका छन् । यसअघि मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिपरिषद् थियो ।

मुख्यमन्त्री भएको ३ महिनापछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार  गर्नु भएको हो ।

नवनियुक्त मन्त्रीमा नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन) मन्त्री  भएका हुन् ।सिंहलाई जलश्रोत तथा उर्जा विकास मन्त्रालय तथा लामालाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै,  नेपाली काँग्रेसबाट हिमबहादुर शाही र यज्ञबहादुर बिसी मन्त्री बन्नु भएको छ । शाही आन्तरिक मामिला तथा कानून मन्त्री भएका छन् भने बिसी सामाजिक विकास मन्त्री भएका छन ।

त्यस्तै,नेकपा एकीकृत समाजवादीबाट पदम रोकाय भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयको मन्त्री भएका छन ।

आइतबार बिहानमात्र सत्ता गठवन्धन दलमा मन्त्रालयको जिम्मेवारीबारे सहमति भएको थियो । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले आइतबार साँझ शपथ गराउनु भएको छ ।