.jpg)
कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए
आइतबार अपरान्ह ७ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन |मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसबाट २, नेकपा माओवादी केन्द्रबाट २ र नेकपा (एकीकृत समाजवादी) बाट १ जनालाई आज मन्त्री नियुक्त गरेका हुन्।आफू मुख्यमन्त्री बनेको ३ महिनापछि शाहीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्|
मुख्यमन्त्री शाहीले यसअघि नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिसकेका थिए ।
आज नेपाली कांग्रेसबाट हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री, यज्ञ बुढा क्षेत्री सामाजिक विकास मन्त्री बनेका छन्।यस्तै माओवादी केन्द्रबाट जाजरकोटका सांसद गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री बनेका छन्।
माओवादीले एक जना गैर सांसदलाई पनि मन्त्री बनाएको छ। हुम्लाका छिरिङ डुम्डुल लामा (कार्चेन) माओवादीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने त्यस्तै समाजवादीबाट जुम्लाका सांसद पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बनेका छन्।