नेपाली कांग्रेसको पदाधिकारी आज बैठक बस्दै
सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे २ बजे बस्न लागेकाे हाे।
कार्यसम्पादन समिति बैठककाे तयारीस्वरुप पदाधिकारी बैठक बस्न लागेकाे प्रवक्ता प्रकाश शरण महतले जानकारी दिएका छन |
यसअघि मंगलबार बसेकाे पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठकका एजेण्डा तय गरेकाे थियाे।मंगलबारकाे बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सहभागी भएका थिएनन्।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२