काँग्रेस कर्णाली प्रदेश सचेतकमा शाही
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन् ।
यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो । काँग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था रहेको छ |रासस
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२