माघ २१, २०८२
निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचनसम्बन्धी  दैनिकी छलफल गर्ने

निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचनसम्बन्धी दैनिकी छलफल गर्ने

निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचनसम्बन्धी तयारीका साथै आयोगसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिने भएको हो।  आयोगले मिडिया सेन्टरमा हरेक अपरान्ह ४ बजे प्रेस मिट गरेर आयोगको गतिविधिबारे दैनिक रुपमै ब्रिफिङ गर्न लागेको हो । 

आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आइतबारदेखि हरेक दिन अपरान्ह ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने तय भएको उल्लेख गरिएको जानकारी आएको छ | रासस