माघ २०, २०८२
 कैलालीको १४ औँ अधिवेशनअन्तर्गत जिल्ला नेतृत्व निर्वाचनको मतगणना सुरू

कैलालीको १४ औँ अधिवेशनअन्तर्गत जिल्ला नेतृत्व निर्वाचनको मतगणना सुरू

 निर्वाचन समितिका अनुसार दिउँसो साढे दुई बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचनमा दुई हजार चार सय ८५ जनाले मतदान गरेका थिए । काँग्रेस कैलालीको जिल्ला अधिवेशनका लागि दुई हजार पाँच सय ७६ प्रतिनिधि छनौट भएको हो |

काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि नारायण भट्ट, प्रकाश बम र रामबहादुर कलेल प्यानलसहित निर्वाचनमा उत्रिएका छन् । पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा १८ फागुनमा दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताएका छन |

सभापतिका उम्मेदवार नारायणदत्त भट्टले क्षेत्रगत रुपमा मतगणना गरिनुपर्ने माग गरेका थिए भने, बाँकी दुई जना प्रकाश बम र रामबहादुर कलेलले छुट्टाछुट्ट मत गणना गर्न नहुने अडान लिएका थिए | रासस