श्रावण २६, २०८२
चितवन कांग्रेसको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित

चितवन कांग्रेसको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित

चितवन - राजेश्वर खनाल नेपाली कांग्रेस चितवनको सभापतिमा निर्विरोध चयन भएका छन्।

पहिलो चरणमा भएको निर्वाचनमा खनाल मत अनुसार पहिलो भए पनि ५१ प्रतिशत नआउँदा निर्वाचित हुन सकेका थिएनन्। पहिलो चरणको निर्वाचनमा दोस्रो मत पाएका मिलनबाबु श्रेष्ठले निर्वाचन प्रक्रियामा नगई खनाललाई समर्थन गरेपछि उनी निर्विरोध भए।

शुक्रवारबाट सुरु भएको अधिवेशनमा सहमति हुन नसक्दा पाँच जना उम्मेदवार रहेका थिए।

पहिलो चरणमा कुनैपनि उम्मेदवारको ५१ प्रतिशत मत नल्याए पछि पहिलो र दोस्रो हुने उम्मेदवारबिच शनिवार पुन निर्वाचन गर्ने कार्यतालिका रहेको थियो। तर श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः सभापति निर्वाचित भएक हुन् ।

पहिलो चरणको निर्वाचनमा खनालले ७४६, श्रेष्ठले ६६२, उत्तम जोशीले ४७३, कैलाश कोइरालाले ४१२ र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत पाएका थिए।