प्रधानमन्त्री देउवा चैत तेस्रो साता श्रीलंका जाने
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् ।
श्रीलंकाले चैत १६ गतेबाट बंगालको खाडीमा आयोजना गर्ने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
सोमबार मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दियको हो ।
‘मार्च ३० मा श्रीलंकामा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यू र परराष्ट्रमन्त्री डा. नारायण खड्का जाने तयारी रहेको छ ।
बिमस्टेकको चौथौं सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।
बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य छन् । सम्मेलनमा सातवटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।