माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज
नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ ।
सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ मा सुरेन्द्र कार्की, मधेस प्रदेशमा गणेश शाह, वाग्मती प्रदेशमा हितमान शाक्य र गण्डकी प्रदेशमा हितराज पाण्डेलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रदेश सम्पर्क समन्वयमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन गर्ने केन्द्रीय कमिटी बैठकमा निर्णय भएको छ ।
प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउने छन् ।