पुस ९, २०८१
६ बुँदे माग राख्दै पेट्रोलियम व्यवसायीद्वारा आन्दोलनगर्ने चेतावनी

६ बुँदे माग राख्दै पेट्रोलियम व्यवसायीद्वारा आन्दोलनगर्ने चेतावनी

सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले चैत ५ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आयल निगमसमक्ष पुनः ६ बुँदे मागपत्र पेस गर्दै समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने तथा एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा दुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन सहित संशोधन गर्नु पर्ने लगायतका माग राखेको छ ।

सो मागहरु राख्दै नेपाल एलपीग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध व्यवसायीहरू सम्मिलित उक्त समितिले आफूहरुका मागहरु पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।