श्रावण २६, २०८२

निर्वाचनसम्बन्धी आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगबारे स्पष्ट

 आचारसंहिताको परिच्छेद २ अन्तरगत ‘सबैले पालना गर्नुपर्ने आचार’ शीर्षकको व्यवस्थामा दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले विभिन्न आचरणको पालना गर्नुपर्ने जानकारी आएको छ | 

  त्यसैगरी सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने स्पष्ट गरिएको छ |  सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पर्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, हेट स्पिच दिने, जस्ता भ्रामक टिकाटिप्पणी गर्न रोक लगाइएको छ भने कुनै प्रयोजनको लागि प्रकाशन वा प्रशारण भएको सूचना सामग्रीलाई तोडमोड गरेर सामाजिक सञ्जालमा शेयर गर्न पनि रोक लगाइएको छ। 
‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा त्यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रशारण गर्न वा गराउन नहुने’, पनि आचारसंहितामा उल्लेख गरिएको छ |