पुस १०, २०८१
आवश्यकता र अवस्था अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

आवश्यकता र अवस्था अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । 

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् ।

नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा नेपाली काँग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको छ ।

स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरूप कार्य अगाडी बढाइने छ ।

यो विषयमा पार्टीमा दुई धार भयपनि सर्वसम्मतिबाट स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय पार्टीले सर्वसम्मत बाट गरेको छ ।