श्रावण २२, २०८२
स्थानीय तह निर्वाचन : कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता

स्थानीय तह निर्वाचन : कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्तिम मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।

कर्णाली प्रदेशमा मात्र १० लाख एक हजार २८२ मतदाता रहेका छन् ।

निर्वाचन आयोगमा अनुसार सबै भन्दा बढी मतदाता सुर्खेतमा रहेका छन् । सुर्खेतमा सुर्खेतमा दुई लाख ३८ हजार ४५७ जना मतदाता रहेका छन् ।

सल्यानमा एक लाख ५७ हजार ७१५, डोल्पामा २२ हजार ४४०, मुगुमा ३५ हजार ८९, जुम्लामा ६७ हजार ७४४, कालीकोटमा ८० हजार ४१६, हुम्लामा ३२ हजार ५८१, जाजरकोटमा एक लाख तीन हजार ८६९, दैलेखमा एक लाख ५८ हजार ४८९, रुकुमपश्चिममा एक लाख चार हजार ४८२ जना मतदाता रहेका छन् ।

यस्तै आयोगका अनुसार कर्णालीमा ९०७ मतदान स्थल र एक हजार ३८५ मतदान केन्द्र रहेका छन् ।

देशभरका ७५३ स्थानीय तहमा एकसाथ हुने यस्तो निर्वाचन यसअघि २०७४ सालमा तीन चरणमा भएको थियो। यसअघिको स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख मतदाता रहेका थिए।

नेपालमा विसं २००४ साल जेठ २७ गते भएको काठमाण्डू (म्युनिसिपालिटी)नगरपालिकाको निर्वाचनलाई देशको इतिहासमा पहिलो निर्वाचन मानिँदै आएको छ।