स्थानीय तहको निर्वाचनका लागि कुन जिल्लामा कति दल दर्ता ?
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौंमा ४० दलले आयोगमा दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दल दर्ता भएका छन् भने मनाङ, मुस्ताङ र डोल्पामा सबैभन्दा कम दल दर्ता भएका छन् । यी तीन जिल्लामा पाँच/पाँच दल मात्रै चुनावीमा जाने भएका छन् ।
आयोगका अनुसार काठमाडौंपछि मोरङमा ३३, सुनसरी र रुपन्देहीमा ३२/३२, ललितपुरमा ३१, रौतहट र झापामा ३०–३० वटा दल दर्ता भएका छन् ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२