
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
विहीबार विहान ८:३० बजेबाट मन्त्रिपरिषद बैठक बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने सम्भावना छ । आजको बैठकले प्रहरीमा थप गरिएका एआईजीमा बढुवाको निर्णय गर्न सक्ने जनाइएको छ ।
स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने भएकाले आजको बैठकले केही महत्वपूर्ण निर्णय हुने प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ।