पुस १०, २०८१
विप्लव नेतृत्वको नेकपा फुट्यो ,विप्लव महासचिवबाट निष्कासित

विप्लव नेतृत्वको नेकपा फुट्यो ,विप्लव महासचिवबाट निष्कासित

वर्तमान राज्य व्यवस्था शान्तिपूर्ण ढंगबाट परिवर्तन नहुने भन्दै भूमिगत क्रान्ति गरेर दर्जन बढीको हत्या गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ ।

मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा बुधवार शुरु भएको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेको हो ।

राष्ट्रिय भेला सुरु हुने वित्तिकै नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाइ निष्कासित गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्विकृत भएको छ । बैठकमा पार्टीको संयोजकको जिम्मेवारी पाएका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आजै राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

यस्तै, नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) फुटेको हो। उक्त पार्टीका पूर्व पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला‘गम्भिर’ को नेतृत्वमा नयाँ पार्टीको घोषणा भएसँगै विप्लव नेतृत्वको नेकपा फुटेको हो। 

नयाँ पार्टीको नाम जन–समाजवादी मञ्च राखिएको छ।

‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्‍याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं। तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ। तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जन सम्प्रभूता सम्पन्न गरेर मात्र अब बा“की अधुरो क्रान्ति सम्पन्न गर्न सकिने धमलाले बताय ।

त्यसका लागि नयाँ आधारमा एउटा नयाँ विचार, नयाँ क्रान्ति, नयाँ आन्दोलन सृजना गर्न वैज्ञानिक समाजवादी कार्यदिशालाई दरोसँग अगाडि बढ्ने उदेश्य बोकेको पार्टी आवश्यक भएको जनाइएको छ।