कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका छन ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेकामा उनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ः०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२