पुस ९, २०८१
सय शय्याको अस्पताल नभएका नर्सिङ कलेजले  नर्सिङ पढाउन नपाउने

सय शय्याको अस्पताल नभएका नर्सिङ कलेजले नर्सिङ पढाउन नपाउने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्नदिने निर्णय गरेको हो ।

आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ ।नयाँ व्यवस्था अनुसार मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिय करिब एक हजार पाँच सय जनाले पढ्न पाउनेछन् । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्र अघि बढाउने निर्णय भएको पनि बताए ।

२४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन्  । ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज हुन् ।

मापदण्ड पूरा नगरेका शिक्षण संस्थाको सिट निर्धारण गर्न नसकिने आयोगको जनायको छ । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार मापदण्ड नपुगेका १ सय ४१ नर्सिङ कलेज संकटमा पर्ने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ९०, पूर्वाञ्चल विश्वविद्यालयका ४३ र पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएका ८ निजी नर्सिङ कलेज मापदण्ड पूरा नगरे बन्द हुने भएका हुन् ।