पुस ८, २०८१
संसारमै पहिलो पटक बंगुरको मुटु निकालेर मान्छेमा प्रत्यारोपण

संसारमै पहिलो पटक बंगुरको मुटु निकालेर मान्छेमा प्रत्यारोपण

अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूले आठ घन्टा लगाएर संसारमै पहिलो पटक बंगुरको मुटु निकालेर मान्छेमा प्रत्यारोपण गरिएको छ।  ५७ वर्षीय डेभिड बेनेट तीन दिनदेखि प्रत्यारोपण भएको त्यही बंगुरको मुटुको सहायताले सास फेरिरहेको जानकारी आएको छ |

उनको उपचारका लागि चिकित्सकहरूले सबै विधि अपनाएका थिए। मेरिल्यान्डका बेनेट मुटुसम्बन्धी समस्याका कारण हप्तौंदेखि अस्पतालमा थिए।

मिर्गौल११ (2)

अमेरिकामा अहिले पनि १ लाख ६ हजारभन्दा बढी मानिसहरू विभिन्न अंग प्रत्यारोपणका लागि कुरिरहेका छन्।बेनेटका हकमा भने मान्छेको मुटु प्रत्यारोपण गर्ने विकल्प पनि बाँकी थिएन। तर उनी बाँच्न चाहन्थे। उनको बाँच्ने जीजीविषा देखेरै चिकित्सकहरूले नयाँ विकल्प सुझाए, बेनेटमा बंगुरको मुटु प्रत्यारोपण गर्ने। गत अक्टुबरमा चिकित्सकहरूले 'ब्रेन डेथ' भइसकेकी महिलामा बंगुरको किड्नी प्रत्यारोपण गरेका थिए।

पछिल्लो समय वैज्ञानिकहरूले बंगुरका अंगहरूलाई मानव शरीरले स्वीकार्ने सम्भावना बढी भएको पत्ता लगाएका थिए। बंगुरहरू हुर्काउन पनि सहज हुने र ६ महिनामै उसका अंगहरू वयस्क मानिसका लागि सुहाउँदा हुने भएकाले पनि वैज्ञानिकहरूले बंगुरमा जोड दिएका थिए। यसअघि वैज्ञानिकहरूले बंगुरका मुटु ५० वटा बबुनमा प्रत्यारोपण गरेका थिए।  बंगुरको मुटुका भल्भहरू मान्छेको मुटुमा राख्ने क्रम त पछिल्लो समयमा निकै बढेको कुरा जानकारी आएको छ |

बंगुरको मुटुको सहारामा बेनेटलाई कैले सम्कम सहारा दिनेहो त्तियो कुराको एकिन भने डाक्टरले दिन सकेको छैन  उनले आफ्नो शरीरमा बंगुरको मुटु राख्न दिएर संसारभरिको अंग प्रत्यारोपणलाई नयाँ उचाइमा पुग्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। सोहि समाचारले विश्वनै चखित परेको छ |