विश्वमा सबैभन्दा तिव्र गतिमा वृद्धि हुँदै भारतको अर्थतन्त्र
चालु तथा आउँदो आर्थिक वर्षमा भारतको अर्थतन्त्र सबैभन्दा तिव्र गतिमा वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ। जापानको अर्थतन्त्र भने सबैभन्दा कम दरले वृद्धि हुने सम्भावना रहेको छ।
यद्यपी, आर्थिक सर्वेक्षण अनुसार भारत सरकारको अनुमान विश्व बैंकको भन्दा धेरै रहेको छ। सन् २०२१/२२ अर्थात् अप्रिल २०२१ देखि मार्च २०२२ सम्ममा भारतको अर्थतन्त्र ८.३ प्रतिशतले बढ्ने वश्व बैंकको अनुमान रहेको छ। आउँदो वर्ष वा अप्रिल २०२२ देखि अप्रिल २०२३ सम्ममा भने यसकाे अर्थतन्त्र ८.७ प्रतिशतको दरले बढ्नेछ। आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा विकास दर ९.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
आर्थिक सर्वेक्षणका अनुसार आउँदो वर्षमा भारतको अर्थव्यवस्था ८ देखि ८.५ को दरले बढ्न सक्ने देखिएकाे छ। दोस्रो स्थानमा भने चीनको अर्थतन्त्र हुने विश्व बैंकले बताएको छ। चालु आर्थिक वर्षमा सो राष्ट्रको विकास दर ८ प्रतिशत रहेको छ जुन आउँदा आर्थिक वर्षमा भारी गिरावट भएर ५.१ प्रतिशत हुन सक्ने अनुमान गरिएकाे छ। अमेरिकाको अर्थतन्त्र तेस्रो स्थानमा रहनेछ। अमेरिकाको जीडिपी चालु आर्थिक वर्षमा ५.६ प्रतिशतले वृद्धि हुनेछ जुन आउने वर्षमा घटेर ३.७ प्रतिशतमा झर्नेछ।
युरोपियन राष्ट्रहरुको वृद्धि दर ५.२ प्रतिशत
युरोपियन राष्ट्रहरुको अर्थतन्त्रको विकास दर यस वर्षमा ५.२ प्रतिशत र आउँदो वर्षमा ४.२ प्रतिशत हुने आशा गरिएको छ। ब्राजिलको विकास दर चालु आर्थिक वर्षमा ४.९ प्रतिशत र आउँदो वर्षमा भारी गिरावट भएर १.४ प्रतिशत हुने सक्नेछ। दक्षिण अफ्रिकाको अर्थतन्त्रको वृद्धि दर २०२१/२२ मा ४.६ प्रतिशत र २०२२/२३ मा २.१० प्रतिशत हुने आशा गरिएकाे छ।
रसियाको अर्थतन्त्रमा गिरावट
रसियाको अर्थतन्त्रमा पनि आगामी वर्ष भारी गिरावट देखिन सक्ने अनुमान छ। यस वर्ष ४.३ प्रतिशतले बढ्ने सक्ने सो देशको अर्थतन्त्र आगामी वर्ष भने २.४ प्रतिशतले मात्र वृद्धि हुने अनुमान गरिएको छ।
भारत र जापानको मात्र अर्थतन्त्रमा वृद्धि
जापान भने सो सूचीको आठौं स्थानमा रहेको छ। यस आर्थिक वर्ष जापानको अर्थतन्त्र केवल १.७ प्रतिशतले बढ्न सक्छ जुन आउने आर्थिक वर्षमा २.९ प्रतिशतको दरले उकालो लाग्ने सम्भावना छ।
आउँदो वर्षमा भारत र जापानको मात्र अर्थतन्त्र वृद्धि हुने यी तथ्यांकहरुले देखाउँदछ। अन्य राष्ट्रहरुको अर्थतन्त्र भने जीडीपी घट्नेछ।
भारतको अर्थतन्त्र २०२१/२२ को पहिलो त्रैमासमा २०.१ प्रतिशतका दरले बढेको थियो। २०१५ पछि यो सबैभन्दा धेरै बढेको थियो जबकि दोस्रो त्रैमासमा यो ८.४ प्रतिशतले बढ्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले मंगलबार दशौं बजेट प्रस्तुत गर्दैछन्। यस वर्ष भारत सरकार आर्थिक वृद्धिमा केन्द्रित रहेको छ।