१७ वर्ष देखि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतको रिङ रोड अलपत्रमा
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बन्न गइरहेको रिङ रोड ‘बिरेन्द्रनगर चक्रपथ’ विगत १७ वर्ष देखि अलपत्रमा परेको छ। बिरेन्द्रनगर नगर बासी बताउँछन, ' नगर बस त चल्यो तर रिङ रोड को उचित व्यवस्थापन नहुनाले सेवा चाहिने सम्म सेवा सुविधा पुग्न सकिरहेको छैन। लाटीकोइली, धारापानी देखि हाइवे निस्किन ६० रुपैया तिर्नु पर्छ। हामीलाई नगर बस आएको कुनै महत्त्व छैन।
बिरेन्द्रनगर रिङ रोडको परिकल्पना आज भन्दा १७ वर्ष अघिनै गरिएको थियो। 'बिरेन्द्रनगर चक्रपथ' को नामबाट रिङ रोडको परिकल्पना गरिएको थियो। तर आज सम्म भने यसको कुनै कार्य अघि बढ्न सकेको छैन। बिरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उदस्य ले २०६२ सालमा सडक निमार्ण सुरु भएको हो। पूर्व बाट सुब्बाकुन हुदै घुस्रा, लाटीकोइली हुदै बंगेसिमाल र प्रदेश आस्पोताल हुदै चिसापानी , इत्राम, नेवारी, गाग्रेतल हुदै दुलियबिट सम्म निर्माण सुरु भएको हो।
चक्रपथ करिब २३ किलोमीटर लामो जस मध्य २० किलोमीटर सम्म काम सम्पन्न भएको छ तर कुनै ठाउँ मा नाला बनाइएको छैन, त धेरै जसो ठाउँमा कालोपत्रे गरिएको छैन, कुनै क्षेत्र मा बाटो को टुंगो लागेको छैन। निकाय मैन छ। निजी घर, वन, बाटो मा पर्ने विद्युत को पोल हरुका कारण कति पाए क्षेत्रमा काम सम्पन्न हुन सकेको छैन।
रिङ रोडको बाटोमा पर्ने वन क्षेत्र र निजी घर हरुको विवाद ले गर्दा काम आगी बढ्न सकिरहेको छैन । स्थानीय अनुसार बाटो को।लागि जग्गा दिन्छौ तर सरकारले सोही अनुसारको क्षतिपूर्ति दिन पर्छ। बिरेन्द्रनगर १,२,८,११,१२ वार्डमा पनि निर्माण क्षेत्रमा पर्ने निजी घर जग्गाको विवाद समाधान हुन सकेको छैन।
उचित क्षतपूर्तिको माग गर्दै स्थानीयहरूले लामो समय देखि आयोजन निमार्णमा अवरोध गर्दै आएका छन। बिरेन्द्रनगर ११ युवराज लामिछाने भन्नुहुन्छ, 'जनताको विकास हो भने सही दङ्ग सही तरीका बाट हुन पर्छ। हामी जग्गा दिन्छौ तर विकाशको नाम मा बाटो खनेर अव्यवस्थित छोडदा समस्या हुने हामीलाई नै हो। स्थानीयहरुको निजी जग्गा अतिक्रमण गर्दा सरकारले क्षतिपूर्ति दिनु पर्ने उनको भनाइ रहेको छ।
साथै यस बाटोको उचित व्यवस्थापन गर्न सके भीडभाडको चाप हटाउन सकिन्छ, कुना मा रहेको बेपारीहरुलाई नाफा आर्जन गर्न मद्दत मिल्छ, नगर बस को उचित व्यवस्थापन गर्न सकिन्छ। बिरेन्द्रनगर चक्रपथ कहिले सम्म बन्ने , कहिले सम्म सम्पन्न हुने आज सम्म कुनै टुंगो लागेको छैन।