श्रावण २३, २०८२
नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख १२ हजार ५३

नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख १२ हजार ५३

पछिल्लो २४ घण्टामा ३४८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सात लाख ९८ हजार २७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेशनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार कोरोनाका बिरामीमध्ये २२२ जना आइसियू र ६७ जना भेन्टिलेटरमा उपचारमा छन् । दश वर्षमुनिका ६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७७ पुगेको छ ।