पुस ९, २०८१
स्पेनमा बढ्दो कोभिड सङ्क्रमण, नियन्त्रणका लागि पुन: निषेधाज्ञा जारी

स्पेनमा बढ्दो कोभिड सङ्क्रमण, नियन्त्रणका लागि पुन: निषेधाज्ञा जारी

 स्पेनको उत्तरपूर्वी क्षेत्र क्यातलोनियामा क्रिसमसको पूर्वसन्ध्यामा रात्रिकालिन निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्नका निषेधाज्ञा जरूरी देखिएको भन्ने क्षेत्रीय सरकारको निर्णयलाई बिहीबार अदालतले अनुमोदन गरेको हो । यस क्षेत्रको सर्वोच्च अदालतले क्याटालोनियाको क्षेत्रीय सरकारले राती १ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म रात्रिकालिन कर्फ्यू लगाउन गरेको अनुरोधसँग सहमत भएको कुरा बताएको छ ।

यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो ।

यो आदेश उपाय शुक्रबारदेखि १५ दिनसम्म लागू हुने जनाइएको छ ।